प्रशिक्षक र रेफ्रीहरुसँग १ दिने अन्तरकृया कार्यक्रम
Posted on
July 18, 2025
171 views
Content
कैलाली जिल्ला फूटबल संघले आफूसँग आबद्ध जिल्लाभरका फूटबल प्रशिक्षक र रेफ्रीहरुसँग १ दिने अन्तरकृया कार्यक्रम सफलता पूर्वक सम्पन्न गरेको छ ।
शुक्रबार धनगढीको देव तालिम केन्द्रको सभाहलमा आयोजना गरिएको उक्त अन्तरकृया कार्यक्रममा कैलालीको जिल्लाको फुटबललाई कसरी थप व्यवस्थित गरेर लैजाने,जिल्ला फूटबल संघसँग कसरी समन्वय गर्ने,आपसी समझदारी,सहकार्य र अनुशासनमा थप जोड दिने विषयमा छलफल भएको जिल्ला फूटबल संघ कैलालीका महासचिव ललित मिश्रले जानकारी दिए ।
अन्तरकृया कार्यक्रम कैलाली जिल्ला फूटबल संघका अध्यक्ष अनिल मल्लको अध्यक्षतामा सम्पन्न भएको हो ।
Notice
नियमित वैठकमा उपस्थिति भईदिने बारे
Kailali District Level ANFA U-14 Boys/Girls School Level Football Tournament
📢 Notice Regarding Club Renewal and FIFA Connect Process
Selection For U-17 Men's Football Championship
Selection For U-17 Women's Football Championship