Badri-Kunta Memorial District Level U-16 Smart Generation Football Championship 2026 Kicks-Off

Posted on January 4, 2026
99 views
post Banner

Content

कैलाली जिल्लामा बद्री कुन्ता मेमोरियल यु–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिता धनगढी रंगशालामा सुरु भएको छ।

‎प्रतियोगिताको उद्घाटन अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले म्याच अफिसियलहरूलाई बल हस्तान्तरण गरी गर्नुभएको थियो।
कैलाली जिल्ला फुटबल संघको आयोजना तथा बद्री कुन्ता मेमोरियल ट्रष्टको मुख्य प्रायोजनमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कैलाली जिल्ला फुटबल संघका अध्यक्ष तथा एन्फा केन्द्रीय सदस्य अनिल मल्लको अध्यक्षता तथा सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव लोक बहादुर खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
‎उद्घाटन समारोहमा कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश चन्द लगायत खेलकुद क्षेत्रका विभिन्न व्यक्तित्व तथा खेलप्रेमीहरूको उपस्थिति रहेको थियो।
‎लिग कम नकआउट ढाँचामा सञ्चालन हुने प्रतियोगितामा कैलाली जिल्ला फुटबल संघमा आबद्ध १३ वटै स्थानीय तहका क्लबहरूको सहभागिता रहेको छ। प्रतियोगिता यही पौष २६ गतेसम्म सञ्चालन हुनेछ।
‎प्रतियोगिताको विजेता टोलीले नगद २ लाख रुपैयाँ, ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद १ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। साथै, विधागत उत्कृष्ट खेलाडीहरूलाई पनि नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।
Notice
नियमित वैठकमा उपस्थिति भईदिने बारे
Read More

Kailali District Level ANFA U-14 Boys/Girls School Level Football Tournament
Read More

📢 Notice Regarding Club Renewal and FIFA Connect Process
Read More

Selection For U-17 Men's Football Championship
Read More

Selection For U-17 Women's Football Championship
Read More